३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

इन्द्रसरोवरमा युवक बेपत्ता

प्रताप विष्ट

(हेडौंडा) — कुलेखानी जलाशयको इन्द्रसरोवरमा डुवेर एक युवक बेपत्ता भएका छन् । जेभिएर ईन्टरनेशनल कलेज काठमाडौंको विएस डब्ल्यु प्रथम वर्षमा अध्ययनरत २४ वर्षीय स्वराज भेटवाल आइतबार दिउँसो सरोवरमा पौडी खेल्ने क्रममा बेपता भएका हुन ।

उनको खोजीमा प्रहरी र स्थानीयवासी जुटेका छन् । युवक सरोवरको तल्लो भागको माटोमा फसेको आशंका गरिएको छ ।


उनीसँगै ४ जना साथीहरु सरोवरमा गएका थिए ।


गतवर्ष पनि इन्द्रसरोवरमा पौडी खेल्ने २ जनाको मृत्यु भएको थियो ।


प्रकाशित : असार १, २०७६ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?