बस दुर्घटनामा एकको मृत्यु, २० घाइते

रासस

हेटाै‌डा — चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नंको दिवासेवाको बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएको छ । 

बस दुर्घटनामा एकको मृत्यु, २० घाइते

साेमबार बिहान उपचारको क्रममा एक महिलाको हेटौँडा अस्पतालमा मृत्यु भएकाे हाे । मृतककाे महिलाकाे सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


दुर्घटनामा घाइते भएका २० यात्रुको हेटौँडास्थित चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते २० मध्ये चारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित : असार २, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?