कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागढुंगाबाट भन्सार छलेर ल्याइएको कपडा बरामद

रासस

काठमाडौँ — महानगरीय प्रहरी प्रभाग नागढुंगाले भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । प्रभागको टोलीले नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७८९२ नम्बर र ना ६ ख १२८९ नम्बरको बस जाँच्ने क्रममा १० लाख ७१ हजार रुपैयाँ मूल्य बराबरको सामग्री शनिबार बिहान बरामद गरेको हो । 

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख कुमारविक्रम थापाले दुईवटा बस जाँच गर्दा भन्सार छलेर ल्याएको पाँच बोरा सामान बरामद गरेको जानकारी दिए । 'सामानको बिल र धनी नभएकाले हामीले सामानलाई बरामद गरेका हौँ,' उनले भने ।


प्रहरीले एक हजार ४१८ थान विभिन्न रङको कुर्ता तथा टप्स, पुरुषले लगाउने कमेज ७५ थान, पेटी २४ थान, पुरुषले लगाउने कट्टु ५९ थान, ४८ मुठ्ठा जाली कपडा बरामद गरेको हो । वृत्तको टोलीले आवश्यक कारबाहीका लागि सामानलाई राजश्व अनुसन्धान विभाग पठाएको छ ।

प्रकाशित : असार ७, २०७६ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?