ग्यास सिलिण्डरमा आगो लगाएर विष्फोट  

टीकाप्रसाद भट्ट

रामेछाप — नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले रामेछापको सदरमुकाम नजिकै ग्यास सिलिण्डरमा आगो लगाएर पड्काएका छन् । सोमबार राति २ बजेतिर मन्थली बसपार्क भन्दा केही माथिको पाखामा उक्त विष्फोट गराएको हो । 

ग्यास सिलिण्डरमा आगो लगाएर विष्फोट  

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईका अनुसार टायर माथि ग्यास सिलिण्डर राखेर आगो लगाएर उक्त विष्पोट गराएको पाइएको छ । घटनास्थल बसोवास क्षेत्र भन्दा केही टाढा पाखामा भएकाले कुनै क्षति नभएको भट्टराईले बताए । घटना पछि सुरक्षा सतर्कता बढाइएको छ ।


चन्द समूहले मंगलबार आव्हान गरेको बन्दको प्रभाव बिहानै देखि जिल्ला सदरमुकाम लगायत ग्रामीण क्षेत्रमा परेको छ । यातयातका साधन आंशिक मात्र चलेका छन् । लामो दुरीका कुनै पनि साधन सञ्चालन भएका छैनन् । शैक्षिक संस्था खुलेका छैनन् । बजार भने आंशिक रुपमा खुलेको छ ।

प्रकाशित : असार १०, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?