कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिप दुर्घटनामा एकै परिवारका दुईको मृत्यु, दुई घाइते

राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका २ को कमरेफाँट नजिक मंगलबार बिहान भएको जिप दुर्घटनामा परि एकै परिवारका दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

जिप दुर्घटनामा एकै परिवारका दुईको मृत्यु, दुई घाइते

हलेसी दर्शन गरेर फर्कने क्रममा भएको दुर्घटनामा परि मृत्यु हुनेमा काठमाडौं महानगरपालिका ३१ का ६० वर्षीय अच्यूत लामिछाने र उनकी बुहारी वर्ष ४५ की हेमा लामिछाने भएको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

बा १३ च ३७९३ नं को जिप अनियन्त्रित भइ सडकबाट दुईसय मिटर तल खसेको थियो । दुर्घटनामा परि घाइते भएकी वर्ष २६ की आस्था लामिछानेलाई उपचारका लागि काठमाडौं लगिएको छ । चालक दीपक लामिछाने सामान्य घाइते भएको र प्रहरीले दुर्घटनाकाे छानबिन गरिरहेको प्रनाउ थापाले बताए ।

प्रकाशित : असार १०, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?