कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बीपी राजमार्गमा शंकास्पद वस्तु फेला

राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाइ नगरपालिका–७ बुकापुल नजिक मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ ।

प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाका अनुसार सडकको बीचमा रातो कपडाले बेरेर राखेको शंकास्पद वस्तु फेला परेको छ ।


प्रेसरकुकर बम हुनसक्ने प्रहरीकाे आंकलन छ । सेना, सशस्त्र र प्रहरीको संयुक्त टोलीले उक्त शंकास्पद वस्तुलाई डिस्पोज गर्ने तयारी गरेका छन् ।


नेत्रविक्रम चन्द समूहले मंगलबार आव्हान गरेकाे प्रभाव सिन्धुलीमा पनि परेको छ । लामो तथा छोटो दुरीको कुनैपनि सवारी साधन चलेका छैनन् । शैक्षिक संस्थाहरु ठप्प छन् । सदरमुकाममा छिटफुट पसलहरु खुले पनि ग्रामिण भेगमा सबै बन्द छन् ।

प्रकाशित : असार १०, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?