राजमार्ग बन्द गर्न राखेकाे बम सेनाद्वारा निष्क्रिय

हरिहरसिंह राठौर

धादिङ — पृथ्वीराजमार्गको मलेखु देखि जिल्ला सदरमुकाम आउने कालुपाण्डे सडक मार्गमा राखिएको सकेट बम नेपाली सेनाले निष्क्रिय पारेको छ । 

सिद्धलेखको मनकामना मन्दिर मुन्तिरको मोडमा शंकास्पद वस्तु देखेपछि बिहानै तरकारी ल्याउने साना गाडीले खबर गरेका थिए ।

यसैगरी राजधानीको प्रवेशद्वार धुनीवेंसी नगरपालिकाको नौबिसे सडक खण्डमा राखिएको प्रेसरकुकुर बम डिस्पोज गर्नसेनाको टोली खटिएको सुरक्षा श्रोतले जनाएको छ । बन्दले पृथ्वीराजमार्गमा लामोदुरीका यातायात ठप्प छन् ।

प्रकाशित : असार १०, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्

बीपी राजमार्गमा शंकास्पद वस्तु फेला

राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाइ नगरपालिका–७ बुकापुल नजिक मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ ।

प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाका अनुसार सडकको बीचमा रातो कपडाले बेरेर राखेको शंकास्पद वस्तु फेला परेको छ ।

प्रेसरकुकर बम हुनसक्ने प्रहरीकाे आंकलन छ । सेना, सशस्त्र र प्रहरीको संयुक्त टोलीले उक्त शंकास्पद वस्तुलाई डिस्पोज गर्ने तयारी गरेका छन् ।

नेत्रविक्रम चन्द समूहले मंगलबार आव्हान गरेकाे प्रभाव सिन्धुलीमा पनिपरेको छ । लामो तथा छोटो दुरीको कुनैपनि सवारी साधन चलेका छैनन् । शैक्षिक संस्थाहरु ठप्प छन् । सदरमुकाममा छिटफुट पसलहरु खुले पनि ग्रामिण भेगमा सबै बन्द छन् ।

प्रकाशित : असार १०, २०७६ ०८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्