कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध 

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि प्रदेश सरकारले ल्याएको बजेट वितरणमुखी भएको भन्दै कांग्रेसले मंगलबारको बैठक चल्न नदिएको हो । बैठक प्रारम्भ हुनासाथ कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले सभामुखसँग समय लिएर बोलेका थिए ।

कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध 

उनले बजेट मुख्यमन्त्री र मन्त्रीका क्षेत्रमा मात्रै गएको र समग्रमा नगएको, रसुवा र सिन्धुपाल्चोकजस्ता विकट जिल्लालाई पर्याप्त बजेट नछुट्याइएको आरोप लगाए ।


यस्तै नेता बानियाँले विविध शीषर्कमा करिब ८ अर्ब बजेट छुट्याइएकोमा दुरुपयोग हुने आशंका गरे । प्रदेश नीति तथा योजना आयोगमार्फत छनौट भएका योजनाहरुमा बजेट नपारिएको, प्रदेश सरकारले ३० लाखभन्दा कमको योजना नबनाउने नीति अवलम्बन गरे भनेपनि त्यसको बेवास्ता गर्दै बजेट छरेको आरोप लगाए । उनले धारणा राखिसकेपछि कांग्रेस सांसदहरु उठेर विरोध जनाएका थिए । कांग्रेस सांसदहरुलाई पटक पटक बस्न आग्रह गर्दा नमानेपछि सभामुख सानुकुमार श्रेष्ठले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।


प्रदेशसभा बैठकमा विनियोजन विधेयकमाथि छलफलको कार्यसूचि थियो । प्रदेश सरकारले असार १ गते ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट प्रदेशसभामा पेस गरेको थियो ।


प्रकाशित : असार १०, २०७६ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?