१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दुई नगरपालिकाको कृषिमा जोड

नुवाकोट — विदुरनगरपालिका र बेलकोटगढी नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ लागि नीति तथा कार्यक्रमसहित १ अर्ब ७४ करोड ५५ लाख ८१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । विदुर नगरपालिकाको पाँचौँ नगरसभाले ८५ करोड ३७ लाख ६१ हजार बजेट ल्याएको छ ।

दुई नगरपालिकाको कृषिमा जोड

यो वर्ष विदुर नगरले ९३ करोड ८१ लाख २८ हजार रुपैयाँ बजेट घटाएको छ । बेलकोटगढी नगरपालिकाले ८९ करोड १८ लाख रुपैयाँ बजेट मंगबार सार्वजनिक गरेको छ ।


विदुर नगरका प्रमुख सञ्जु पण्डितले नीति तथा कार्यक्रम र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन नगरसभा मक्ष प्रस्तुत गरेका थिए । विदुरनगरपालिकाको बजेटमा कृषि, खेलकुद, स्वास्थ्य, शिक्षा, उद्योग व्यवसाय, सामाजिक सुरक्षा, भाषा, संस्कृति जोगाउन तथा पर्यटनलाई बजेटले जोड् दिएको छ । बजेट विदुर नगरपालिकाकी उपप्रमुख गीता दाहाल अर्यालले प्रस्तुत

गरेकी थिइन् ।


विदुरको विनियोजित बजेटमा कार्य सञ्चालन तथा प्रशासनिक १४ करोड ४१ लाख, वडा विकास योजना १३ करोड, वडा कार्यालय भवन ३ करोड २० लाख, हेभिइक्विपमेन्ट कार्यक्रम सञ्चालन १ करोड, सामाजिकलगायत बजेटमा राखिएको छ । विदुर र बेलकोटगढी नगरपालिकाले करको दायरालाई पनि कायमै राखेका छन् ।


बेलकोटगढीका मेयर राजेन्द्ररमण खनालले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उपमेयर कविता ढुंगानाले तरकारी र खाद्यान्नमा आत्मनिर्भर हुने कृषि पकेट क्षेत्र, ग्रीन हाउस प्रणालीमा जोड दिइन् । रोजगारी वृद्धि, शिक्षा, स्वास्थ्य, उत्पादन वृद्धिलाई बेलकोटगढी नगरपालिकाले मुख्य उद्देश्य लिएको छ । दुवै नगरले घुमाउरो पाराले पूर्वाधार विकासलाई जोड् दिएका छन् ।

प्रकाशित : असार ११, २०७६ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?