कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माेटरसाइकल जुध्दा दुईजनाकाे मृत्यु

रमेशकुमार पौडेल

चितवन — भरतपुर-१८ भेटघाटचाेकमा बुधबार साँझ भएकाे माेटरसाइकल दुर्घटनामा दुईजनाकाे मृत्यु भएकाे छ । दुई माेटरसाइकल आपसमा ठक्कर खाँदा दुवै माेटरसाइकलका चालककाे उपचारका क्रममा ज्यान गएकाे चितवन जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

माेटरसाइकल जुध्दा दुईजनाकाे मृत्यु

ना ५३ प ५२४७ र ग ९ प ११८५ नम्बरकाे माेटर साइकल एक ठाेक्किएका थिए । मृत्यु हुनेमा भरतपुर-१८ का रामचन्द्र गाैडेल र साेही ठाउँका राजन भट्ट रहेका छन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी एकनारायण काेइरालका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएका दुवैजनाकाे उपचारकाे क्रममा भरतपुरमा मृत्यु भएकाे हाे ।

प्रकाशित : असार १२, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?