कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मन्त्रीले ढिँडो मस्काएपछि...

टीकाप्रसाद भट्ट

रामेछाप — प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले दोरम्बाको ह्यालुङ स्वकारी तामाङ होमस्टे पुगेर आफैं ढिँडो मस्काएका छन् । मन्त्रीले ढिडो मस्काउन सक्दैनन् होला भनेर होमस्टे सञ्चालक छेउमै बसेका थिए तर उनले मौकै पाएनन् । ‘उहाँले मज्जाले मस्काउनु भयो, हामीले छुनै परेन ’ सञ्चालक मोमिन थिङ तामाङले भने । 

मन्त्रीले ढिँडो मस्काएपछि...

सोमबार दोरम्बा गाउँपालिकाको आगामी वर्षको नीतित, कार्यक्रम र बजेट सार्वजनिकरण कार्यक्रम सकेर मन्त्री दुलाल होमस्टे पुगेका थिए । कम्युनिष्ट पार्टीका अरु नेतासँगै होमस्टेको मझेरीमा लस्करी पलेँटी कसेर बसेका मन्त्री दुलालले ढिँडो खाएपछि भने, 'गाउँमा पर्यटक भित्र्याउन यस्तै व्यवस्था हरेक स्थानमा हुन सक्नुपर्छ ।'


मन्त्रीले पकाएको ढिडो र स्थानीय परिकारमा प्रदेश सांसद शान्तिप्रसाद पौडेल, दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तान, नेकपाकी नेता सुनिता गौतम लगायत रमाए । मन्त्री दुलालसहित १३ जनाको टोली होमस्टेमै बास बसेर मंगलबार बिहान बिदा भएको थियो । ।


दोरम्बाका होमस्टे स्थानीय परिकारका लागि कहलिएका छन् । २०६४ सालदेखि सञ्चालन भएको थिङको होमस्टेमा झण्डै १ हजार पाहुनाले स्थानीय परिकारमा रमाउदै रात कटाएका छन । मन्त्री पालेको उनले यो दोस्रो पटक हो । यसअघि जिल्लाबाटै निर्वाचित पूर्वगृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठलाई उनले पाहुना बनाउने अवसर पाएका थिए ।


अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले पश्चिमी रामेछापको शैलुङ्गदेखि नेपालथोकसम्मको क्षेत्रलाई समेटेर आदिवासी जनजाति पदमार्ग बनाएपछि दोरम्बामा होमस्टे सरु भएको हो ।


प्रकाशित : असार १८, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?