१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

हरिहरसिंह राठौर

धादिङ — सदरमुकाम धादिङबेंसीबाट ज्वालामुखी जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थमै मृत्य् भएको छ भने चालक सहित ३ जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा मृत्यु हुनेमा ट्रकमा सवार ३५ वर्षीय कृष्ण नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकोछ । सामान्य घाइते भएका चालक स्थानीय दिवाकर ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकसँगै २४ वर्षीय विनु सुनार र उनकी ४ वर्षीय छोरी कपिया सुनार पनि सामान्य घाइते छन् ।


सदरमुकामबाट व्यापारिक सामान र व्यापारीहरु बोकेर जाँदै गरेको बा५ ख ९७५० नम्बरको उक्त ट्रक ज्वलामुखी-६ गैरीगाउँमा सडकबाट अनियन्त्रितभै १५ मिटर तल खसेको थियो ।

प्रकाशित : असार १९, २०७६ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?