कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बैंकलाई पञ्चकन्या गाउँपालिकाको अल्टिमेटम

कृष्ण थापा

(नुवाकोट) — गाउँपालिका रहेको केन्द्रबाट बैंकले कारोबार नगरेको भन्दै एसबीआई बैंक शाखालाई पञ्चकन्या गाउँपालिकाले आफ्नो बोर्ड नराख्न अल्टिमेटम दिएको छ । गाउँपालिकाले तोकेको स्थानमा बैंक सञ्चालन नभएको, गाउँपालिकासँग अनुमति नलिएको, समन्वय नगरेको भन्दै बैंकले राखेको बोर्ड हटाउन शुक्रबार प्रहरी परिचालन गरेको हो । बुधबार गाउँपालिकाले बैंकलाई पत्र लेखी बोर्ड नहटाएको भन्दै चेतावनीयुक्त पत्र लेखेको थियो । 

बैंकलाई पञ्चकन्या गाउँपालिकाको अल्टिमेटम

शुक्रबार इलाका प्रहरी कार्यालय घलेभञ्ज्याङलाई गाउँपालिकाले बोर्ड हटाएर आउन भनेको थियो । शुक्रबार दिउँसो बोर्ड हटाउन गएका दुई प्रहरीले बैंकका मेनेजर अश्विन आचार्यलाई भेटेर हटाउन भनेका थिए । हेड अफिस र राष्ट्र बैंकको अनुमतिबिना कसैले हटाउन नमिल्ने कानुनी प्रावधान रहेको बैंकका मेनेजर आचार्यले भनेपछि प्रहरी त्यसै फर्किएका थिए ।


गाउँपालिकाले बैंक पुच्छारमा रहेको, जनताले सास्ती व्यहोर्नुपरेको, दर्ता नभएको भन्दै बैंकको बोर्ड हटाउन ५/७ दिनअघि भनेको बोर्ड हटाउन गएका सई रामेश्वर सहनीले बताए । बैंक गाउँपालिका बसेको स्थानबाट बैंक पुग्न आधा दिन लाग्छ । पञ्चकन्या गाउँपालिका २ सहरेटार बेंसीमा छ ।


प्रकाशित : असार २१, २०७६ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?