भेलले बगाएर इन्जिनियर बेपत्ता
सिन्धुपाल्चोक — जुगल गाउँपालिका–२ गोल्चेस्थित निर्माणाधिन जलविद्युत आयोजनाका एक जना इन्जिनियरलाई वर्षात्को भेलले बगाएर बेपत्ता बनाएको छ । गोल्चेमा निर्माणाधिन गाउँघर उज्यालो साना घट्टे खोला जलविद्युत आयोजनामा शुक्रबार राति दोलखा सुनखानीका २३ वर्षीय मुक्ति शिवाकोटीलाई भेलले बगाएको हो ।
जलविद्युत आयोजनामा शिवाकोटीसँगै तीन जना कार्यरत थिए । अचानक पसेको खोलाजस्तै भेलले आँखै अगाडी इन्जिनियर र मोटरसाइकल बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
‘दुई जना भागेर बाँच्न सफल भए, बेपत्ताको खोजी तीव्र बनाइरहेका छौँ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले भने । उनले भेलले आयोजनाको संरचनामा ध्वस्त बनाएको सुनाए ।
त्यसैगरी, मेलम्ची नगरपालिका–११ फट्केपुल दनुवारगाउँका ४५ वर्षीय डिलबहादुर दनुवारलाई खोलाले बगाएको छ । मदिरा सेवन गरेर खोलाको किनारमा जाँदा दनुवारलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।
प्रकाशित : असार २१, २०७६ १७:१३