२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अनाहकमै हिरासत

काभ्रे — धुलिखेल जाने क्रममा सोही बसमा बनेपाकी एक युवतीले आफूलाई अर्की महिलाले सुई हानेको भन्दै विवाद गर्न थालिन् । बनेपामा रोकिएको गाडीमा विवाद हुन लागेपछि खगेन्द्र पाठक बसबाट ओर्लिए । उनी बस रोकेर विवाद बढ्न थालेपछि पैदल लम्कन बसबाट झरे ।

उनी हिँड्नै लाग्दा सुई आक्रमण गरी भाग्न लागेको भन्दै भीडले खगेन्द्रलाई हातपात गर्दै कुटपिटसमेत गर्‍यो । पीडित भनिएकी युवतीले पछि ती युवाले आक्रमण नगरेको प्रहरीमा बयान दिएपछि बेलुका १० बजे मात्रै प्रहरी हिरासतबाट मुक्त भए । ‘प्रहरीले पक्रनेबित्तिकै गल्ती गरेको छैन भनेको थिएँ,’ उनले भने, ‘भीडले कुटपिट गर्न थालेपछि सुरक्षाका लागि प्रहरीसमक्ष गएको हुँ ।’


स्याङ्जाका खगेन्द्र सोमबार धुलिखेल अस्पतालमा शल्यक्रियापछि भर्ना गरिएका आफन्त भेट्ने हतारोमा थिए । मावि शिक्षक उनी काठमाडौंमा लोकसेवाको तयारीसमेत गर्दै थिए । उनले ठूली आमाको छोरा दाइको अप्रेसन धुलिखेल अस्पतालमा भएकाले भेट्न जाने क्रममा भीडले आक्रमण गर्‍यो । आरोप लागेकी अर्की महिला पनि स्थानीय विद्यालयमा अध्यापन गर्छिन् ।


जिल्ला प्रशासन कार्यालय जाने क्रममा सोही गाडी चढेकी उनलाई ती युवतीले शंकैका आधारमा आरोप लगाएकी थिइन् । प्रहरीले दुवैलाई पक्राउ गरेको थियो । परीक्षणका लागि टेकु पठाइएकी ती युवतीलाई सुई आक्रमणको आधार पुष्टि नभएपछि प्रहरी छलफलपछि दुवैलाई छाडिएको छ ।

प्रकाशित : असार २५, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?