२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

बनेन विद्यालय भवन

सिन्धुलीमाढी — सिन्धुलीको तिनपाटन गाउँपालिका २ भीमस्थानमा रहेको भवानी माध्यमिक विद्यालयको भवन ७ वर्षसम्म पनि निर्माण हुन सकेको छैन । 

निर्माण सम्झौता सकिएको ५ वर्ष बितिसक्दासमेत निर्माण सम्पन्न हुन नसकेको हो । निर्माण कम्पनीले काम नगर्दा विद्यालय भवन निर्माण कार्य अलपत्र बनेको छ । विद्यालय भवन निर्माणको ठेक्का लिएको सिद्धबाबा कन्स्ट्रक्सनले हेलचेक्र्याइँ गरेकाले ७ वर्षसम्म पनि भवन निर्माण पूरा हुन नसकेको प्रधानाध्यापक पवनराज दाहालले बताए ।


२०६९ मा निर्माणको जिम्मा लिएको कन्स्ट्रक्सनले २०७१ जेठ २६ गते निर्माण पूरा गर्ने सम्झौता गरेको थियो । २०७१ जेठ मसान्तसम्म पनि निर्माण सम्पन्न गर्न नसकेपछि सिद्धबाबा कन्ट्रक्सनले २०७२ जेठ २६ गते निर्माण सम्पन्न गर्छौं भनेर १ वर्षका लागि समय थप गरेको उनले बताए । विद्यालय भवन निर्माण सम्पन्न गर्ने भनेर १ वर्ष म्याद थप गर्दासमेत नसकेपछि भने अहिले कन्ट्रक्सनका दीपक कार्की आउन छाडेको दाहालले बताए ।


३ तलाको २४ कोठे भवन निर्माणको जिम्मा लिएको कन्ट्रक्सनले निर्माण बीचमै छाडदा अलपत्र बनेको हो । दाहालका अनुसार हालसम्म पर्खाल लगाउने र प्लास्टरको कामबाहेक अरू केही भएको छैन । ‘झ्याल ढोका हाल्ने, रेलिङ लगाउने, पार्टेसन गर्ने, रंगरोगन गर्ने काम केही भएको छैन,’ उनले भने, ‘अगाडि गरेको प्लास्टर पनि उप्किन थालिसक्यो ।’ ३ करोड ८८ लाख रुपैयाँमा ठेक्का लागेको भवनको निर्माण हुन नसक्दा विद्यालय भवनको अभावमा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ ।

प्रकाशित : असार २५, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?