कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पहिरोले घर बगायो 

प्रताप विष्ट

हेटौडा — मंगलबादेखि परेको अविरल वर्षाका कारण मकवानपुरगढी गाउँपालिका—२ जीतपुर भन्ज्याङस्थित सूर्यबहादुर गोलेको घर बुधबार बिहान पहिरोले बगाएको छ । उक्त घरमा बस्दै आएका प्रमोद भण्डारीको प्रहरीले उद्धार गरेको छ । 

पहिरोले घर बगाएर भण्डारीलाई सय मिटर तलसम्म पुर्‍याएको थियो । उनलाई पहिरोले पुरेको अवस्थामा प्रहरी र स्थानीयवासीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय हेटौडाका उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

उक्त घरमा कान्तिराजपथ बनाउने भण्डारीसहित तीन जना मजदुर बस्दै आएका थिए । पहिरोले घर बगाउँदा खोज्दाखोज्दै भाग्न सफल भएका थिए ।

यसै गरी हेटौडा उपमहानगरपालिका—१ स्थित राप्ती खोलाले बगाएको एक महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

प्रकाशित : असार २५, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?