१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

गजुरीमा २२० केजि गाँजा बरामद

हरिहरसिंह राठौर

गजुरी(धादिङ) — गजुरी इलाका प्रहरीले मलेखुबाट चितवनको भण्डारा जाने चेपाङमार्गबाट बिहीबार बिहानै २ सय २० केजी गाँजा को धुलो बरामद गरेको छ । 

गजुरीमा २२० केजि गाँजा बरामद

चेपाङ मार्गको गजुरी २ डुङेठाटीमा कारोबारीहरुले गाँजा किनेर लैजान लागेको सूचना पाए लगत्तै प्रहरी उक्त बाटोमा गाडी कुरेर बसेको थियो । गाँजाको धुलोसहित बेनिघाट रोराङ १ खामभन्ज्याङ बस्ने ४१ वर्षका काइला भन्ने डिलबहादुर तामाङ पक्राउ परेका छन् । उनको साथबाट ८ वटा बोरा मा २५ /२५ केजीका प्लास्टिकको प्याकेज गराएर राखेको अवस्थामा गाँजाको धुलो बरामद गरिएको गजुरीका प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले बताए ।


तामाङ यसअघि पनि लागू पदार्थ ओसारपसार मुद्दामा १ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।

बरामद लागु पदार्थसहित तामाङलाई थप छानबिनका लागि जिल्ला प्रहरी कार्यालय चलान गरिएको छ ।


प्रकाशित : असार २६, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?