२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

अविरल वर्षाका कारण गोठ भत्कँदा १ को मृत्यु, १ घाइते

टीकाप्रसाद भट्ट

रामेछाप — अविरल वर्षाले गोठ भत्कँदा रामेछापको रामपुरमा एकजनाको मृत्यु भएको छ ।  एक महिला घाइते छिन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतका अनुसार मृत्यु हुनेमा ७० वर्षीया पदमकुमारी सुनुवार रहेकी छिन् । गोठमा बसेकी ४५ वर्षीया असली सुनुवार घाइते भएकी छिन् । गोठमा रहेको एउटा भैंसी समेत मरेको छ ।


घटनाको जानकारी पाउना साथ रामेछाप प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी परिचालन गरीएको र थप बल जिल्ला प्रहरी कार्यालयबाट पठाइएको उनले बताए ।


प्रकाशित : असार २७, २०७६ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?