२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

रामेछाप जिल्ला सदरमुकाम जोड्ने सडक अवरुद्ध 

काठमाडौँ — रामेछाप जिल्ला सदरमुकाम जोड्ने खुर्कोट मन्थली सडक खण्ड पहिरोले बिहानै देखि अवरुद्ध भएको छ ।

खुर्कोटको सुनकोशी पुल नजिक र मन्थली नगरपालिका ६ कुनौरीमा झरेको पहिरोले यातायात अवरुद्ध भएको छ ।


वर्षा र पहिरो झर्ने क्रम नरोकिएकोले सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ ।


यसैगरी मन्थली नगरपालिका वडा नम्बर ४ को पाण्डे टोलमा समेत सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार २७, २०७६ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?