पहिरोले घर पुरिँदा २ को मृत्यु
काभ्रे — पहिरोले घर पुरिँदा बनेपा-३, चुनातालमा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । रामप्रसाद दंगालको घर पुरिँदा उनकी श्रीमती अन्दाजी ५५ वर्षीय गोमा र उनकी ७ वर्षीय नातिनी सुहावीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
घटनामा परी उनकी बुहारी ३० वर्षीय सुशीला र नातिनी ३ महिनाकी अनुस्का दंगाल घाइते भएका छन् । घाइतेको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । छिमेकी दिवाकर दाहालका अनुसार, करिव २५ मिटर खसेको पहिरोले कच्ची घर बगाएको थियो । भूकम्पले चर्किएको घर पहिरोको समेत जोखिममा थियो ।
प्रकाशित : असार २७, २०७६ १३:३९प्रतिक्रिया