३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

खोलाले बगाउँदा एकको मृत्यु

सुवास विडारी

मकवानपुर — मकवानपुरमा खोलाले बगाउदा एकजनाको मृत्यु भएको छ ।  मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका–३ दम्कीमा खोला तर्ने क्रममा स्थानीय १२ वर्षीया सञ्चना बलामीको मृत्यु भएको हो । 

खोलाले बगाएको उनलाई करिब ४ सय मिटर तल प्रहरीले मृत अवस्थामा भेटेको इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विद्यालयबाट फर्कने क्रममा जनकल्याण मावि कक्षा-६ मा अध्ययन गर्ने सञ्चना बलामी तथा स्थानीय युवा सन्तोष बलामीलाई खोलाले बगाएको थियो ।


प्रकाशित : असार २७, २०७६ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?