३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

मकवानपुरमा मृत्यु हुनेको संख्या तीन पुग्यो

सुवास विडारी

मकवानपुर — अबिरल वर्षापछि आएको बाढीपहिरोका कारण मकवानपुरमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । मकवानपुरको थाहानगरपालिका, इन्द्रसरोवर गाउँपालिका र कैलाश गाउँपालिकामा खोला र भेलले बगाएर तीजनाको मृत्यु भएको हो ।  

मकवानपुरमा मृत्यु हुनेको संख्या तीन पुग्यो

मकवानपुरको थाहानगरपालिका-३ मा दम्की खोलाले बगाउँदा १४ वर्षीया स्कुले छात्राको मृत्यु भएको छ । स्थानीय जनकल्याण माविमा अध्ययनरत् बालिका सन्तमाया बलामी स्कुलबाट घर फर्कनेक्रममा खोला तर्दा उनलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको इन्द्रसरोवर-२ मा शुक्रबार साँझ भेलले बगाउँदा एक युवतीको मुत्यु भएको छ । इन्द्रसरोवर २, हेचुलीमा १४ वर्षीया सुष्टी डिमडुङगलाई घर नजिकै आएको भेलले बगाएको प्रहरीले जनाएको छ । कैलाश गाउँपालिका-१० मा शुक्रबार साँझ खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका एक जना पुरुषको शव भेटिएको छ । कैलाश १० का अन्दाजी ५०/५५ वर्षका सानु कान्छा सुनारलाई डुडु खोला तर्ने क्रममा खोलामा आएको बाढीले बगाएको थियो ।

यस्तै छोटो दुरीमा चल्ने हेटौंडा-सिस्नेरी-काठमाडौं तथा हेटौंडा-फाखेल-काठमाडौं तथा कान्ति लोकपथ सडक अझै सञ्चालनमा आएको छैन । तीनवटै सडक खण्डमा पहिरो खसेको कारण अवरुद्ध भएपनि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित : असार २८, २०७६ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?