१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बीपी राजमार्ग एकतर्फी खुल्यो

नगेन्द्र अधिकारी

काभ्रे — शनिबार दिउँसोभरीको प्रयासपछि बीपी राजमार्गको काभ्रेतर्फको सडकखण्ड एकतर्फी खुलाइएको छ । जिल्ला प्रहरी कार्यलय काभ्रे माफर्त ५ वटा डोजर र  सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिवास आयोजनाका २ वटा डोजरले राजमार्गमा खसेको लेदो र पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए । 

बीपी राजमार्ग एकतर्फी खुल्यो

रोशी गाउँपालिकाको मंगलटारमा खहरे खोलाले पुरेको बा१६प ३५४९ नम्बरको कार पनि प्रहरीको सहयोगमा निकालिएको थियो । कालढुंगाको भ्याकुरे र माम्ती खोलामा पानीको सतह बढेका कारण साना सवारी साधनलाई ओहोरदोहोर गर्न केही असहज भएपनि ठूला सवारीसाधन चल्न थालेको सापकोटाले जानकारी दिए ।


अरनिको राजमार्ग भने नियमित सञ्चालनमा छ । जिल्लाका ग्रामिण भेगको यातायात भने पूर्ण रुपमा ठप्प छ ।

यसैबीच रोशी-११ स्थित भिमेश्वर स्कुलको ग्याविन बाल भत्कँदा नजिकै टहरामा सुतिरहेकी ६५ वर्षीया कृष्णदेवी रायमाझीको मृत्यु भएको छ । परिवारका अन्य सदस्य अर्को घरमा भएकोले बाँचेका छन् । सुरक्षित हुने भन्दै उनी घर भन्दा ५०० मिटर दुरीमा रहेको टहरामा सुत्दै आएकी थिइन् ।

प्रकाशित : असार २८, २०७६ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?