२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पहिरोले घर बगाउँदा एकै परिवारका तीन बेपत्ता

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको दुधौली नगरपालिका १२ जिनाखुमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनजना बेपत्ता भएका छन् । 

स्थानीय हिराबहादुर पौडेलको घर पहिरोले बगाउँदा उनकी श्रीमती ३० वर्षीया सुनिता पौडेल, छोरी १० वर्षीया सविता पौडेल र छोरा सागर पौडेल बेपत्ता भएको प्रहरीले जनाएको छ ।


पहिरोमा चौपाया, अन्नपात सबै बगाएको प्रहरीले जनाएको छ । हिरालाई भने सकुशल उद्धार गरिएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जनाए । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २८, २०७६ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?