कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पहिरोले मन्थली–खुर्कोट सडक अवरुद्ध

टीकाप्रसाद भट्ट

रामेछाप — अविरल वर्षापछि आएको पहिरोले मन्थली खुर्कोट सडकखण्ड अवरुद्ध भएको छ । सदरमुकाम जोड्ने पुष्पलाल मार्ग अन्तरगत मन्थली–खुर्कोट सडक खण्ड शनिबार पनि खुलाउन सकिएको छैन । शुक्रबार अवरोध पन्छाएर आंशिक रूपमा उक्त सडक खुलाइएपनि राति पहिरो गएपछि पुनः अवरुद्ध भएको हो । 

उक्त सडक खण्डको कुनाउरी, हातिटार लगायतका स्थानमा झरेको पहिरो पन्छाएपनि खुर्कोटको सुनकोसी पुल क्षेत्रको पहिरो पन्छाउन नसक्दा यातायात सञ्चालन गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसीले बताइन् ।


शनिबार बिहानैदेखि सडकखण्डका विभिन्न भागमा पहिरो पन्छाएर ठाउँ ठाउँमा अड्किएका सवारी साधनलाई सुरक्षित रूपमा मन्थली पुर्‍याइएको बताइन् ।


खुर्कोट पुलको उत्तरी भागमा झरेको ठुलो ढुङ्गा हटाउनका लागि मेसिन झिकाइएको छ । जेसिभीले नसक्ने भएकाले उक्त ढुंगालाई ब्रेकर लगाउनुपर्ने अवस्था छ ।


यसैबिच वीपी राजमार्गको माथिल्लो बारामा पनि सडक अवरुद्ध छ । सडकमा झरेको ढुङ्गा हटाउन नसकिएकाले यातायात आवागमन खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रकाशित : असार २८, २०७६ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?