कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

खहरेले बगाएका एकको उद्धार

रासस

हेटाैंडा — हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित खहरे खोलाले बगाएका एकजनालाई प्रहरीले उद्धार गरेको छ । नाम, थर नखुलेका अन्दाजी ४५ वर्षका वृद्धलाई प्रहरीले खोलाले बगाउँदै गरेको अवस्थाबाट उद्धार गरेको हो ।

उनलाई चुरेहिल अस्पतालमा सामान्य उपचारपछि भरतपुर पढाइएकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको हो ।


हालैको बाढीपहिरोमा परी हालसम्म मकवानपुरमा तीन जनाले गुमाएका छन् । गत बिहीबारदेखि परेको निरन्तर वर्षाले मकवानपुरको थाहा नगरपालिका, कैलाश गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा बाढीपहिरोमा परी एक/एकजनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : असार २९, २०७६ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?