हेटौडा-भीमफेदी-फाखेल काठमाडौं सडक सञ्चालनमा 

प्रताप विष्ट

हेटौडा — हेटौडा राजधानी प्रवेश गर्ने छोटो दुरीको फाखेलतर्फको वैकल्पिक मार्ग  तीन दिनपछि आइतबार अपरान्ह ४ बजेबाट सञ्चालनमा आएको छ । बाढीपहिरोका कारण हेटौडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ हुँदै काठमाडौं पुगिने उक्त छोटो दुरीको वैकल्पिक मार्गको विभिन्न भागमा गएको पहिरोको कारण शुक्रबारदेखि अवरुद्ध  रहेको थियो । 

स्थानीय प्रहरी प्रशासन र सडकको विभागको सक्रियतामा विभिन्न स्थानको पहिरो र अवरोध हटाएर सवारी साधनहरु आइतबार चार बजेदेखि सञ्चालनमा आएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।


त्रिभुवन राजपथ शनिबारदेखि नै सञ्चालनमा आएको छ । उक्त राजपथको महभीरमा गएको पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो ।


तर हेटौडा-भीमफेदी-कुलेखानी-सिस्नेर भएर राजधानी प्रवेश गर्ने अर्को छोटो दुरीको वैकल्पिक मार्ग भने अवरुद्ध छ ।


उक्त सडक खण्डको सिस्नेरीको ज्यामिरेमा करिब २ सय मिटर सडक तल खसेको छ । उक्त सडक सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने सडक विभागले जनाएको छ ।

प्रकाशित : असार २९, २०७६ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?