कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

एक वर्षमा सवारी दुर्घटनाबाट चितवनमा १४६ को मृत्यु

रासस

चितवन — गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनाका कारण १४६ ले ज्यान गुमाएका छन् । जिल्लामा भएका २९५ दुर्घटनामा उनीहरुको ज्यान गएको हो । 

एक वर्षमा सवारी दुर्घटनाबाट चितवनमा १४६ को मृत्यु

अघिल्लो आर्थिक वर्षमा २७१ दुर्घटनामा १३२ को मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार अघिल्लो वर्षभन्दा गत वर्ष २४ दुर्घटना बढेर १४ बढी मानिसको मृत्यु भएको छ ।


दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गरिएको भए पनि दुर्घटनाको क्रम भने रोकिएको छैन । गत आवमा भएका दुर्घटनामा ४५३ सवारीसाधन परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार गत वर्ष भएका सवारी दुर्घटनामा परी ५५८ घाइते भएका छन् ।

जिल्लामा भएका सवारी दुर्घटनामध्ये मोटरसाइकल बढी रहेको छ । गत वर्ष २०५ मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै ८० ट्रक तथा ट्याङ्कर, ५३ बस, ५२ जिप÷कार दुर्घटनामा परेको कार्यालयको तथ्याङ्कले देखाएको छ । यस्तै कार्यालयले गत आवमा ४० हजार २९ सवारी कारवाही गरी रु तीन करोड सात लाख ६६ हजार ५०० राजश्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ४५ हजार १५० सवारीसाधनलाई कारवाही गरी रु तीन करोड ३६ लाख ८७ हजार ५०० राजश्व सङ्कलन गरेको थियो ।


कारवाहीको सङ्ख्या हेर्ने हो भने जनचेतनाका कारण घट्दै गएको तर दुर्घटना न्यूनीकरण गर्न नसकेको प्रमुख गिरीले बताउनुभयो । हलुका सवारीसाधनको तीव्रगतिका कारण दुर्घटना बढी हुने गरेको उनले जानकारी दिए । बढ्दो सवारीको चाप र साँघुरा सडकका कारण भित्री सडकमा बढी सङ्ख्यामा दुर्घटना भएको उनले बताए ।

प्रकाशित : श्रावण २, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?