२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भरतपुरमा एक वडा एक रङ

रासस

चितवन — भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार यसै आर्थिक वर्षबाट निर्माण हुने तथा निर्माण भइसकेका भवनमा तोकिएको रङ लगाई सकेपछि मात्र भवन निर्माण सम्पन्नता प्रमाणपत्र प्रदान गर्ने नीति लिइने छ । पहिलो चरणमा वडा कार्यालयलाई रङको चयन गर्न लगाइँदै छ ।


सोहीअनुरुप रङ प्रदान गर्न सक्ने वा नसक्ने विषयमा विक्रेतासँग समेत छलफल गरी काम अघि बढाइने सुवेदीले जानकारी दिए । उनका अनुसार महानगरलाई व्यवस्थित, सुन्दर र आकर्षक बनाउन एक वडा एक रङ महत्वपूर्ण हुनेछ । यसले महानगरलाई स्मार्ट बनाउन टेवा पुग्ने जनाइएको छ ।


चालू आर्थिक वर्षको सुरुआती चरणबाट कामलाई अघि बढाइने उनको भनाइ छ । महानगरभित्र सामूहिक आवास भवन (अपार्टमेन्ट) निर्माण गर्नेलाई नक्सापासमा आधा छुट र अण्डरग्राउण्ड पार्किङ भएको भवनमा १५ प्रतिशत छुट गर्ने व्यवस्थासमेत गरेको छ ।

प्रकाशित : श्रावण ४, २०७६ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?