१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बस र माइक्रो जुध्दा ११ घाइते

हरिहरसिंह राठौर

काठमाडौँ — पृथ्वी राजमार्ग अन्तरगत धादिङकाे थाक्रे गाउँपालिका–१ खयरघारीमा बस र माइक्रो जुध्दा ११ जना घाइते भएका छन् ।

बस र माइक्रो जुध्दा ११ घाइते

चितवनबाट काठमाडाैं जाँदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रो र विपरित दिशाबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो !

बसले माइक्रोलाई ठक्कर दिएपछि माइक्रो महेश खोलामा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख राजकुमार बैदवारले बताए ।

घटनामा घाइते भएका सबै जनालाई उपचारका लागि काठमाडाैं पठाइएको छ । घटनाको विस्तृत विवरण आउन बाकी रहेको छ ।

प्रकाशित : श्रावण ६, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?