३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नहरमा डुब्दा मृत्यु

रमेशकुमार पौडेल

चितवन — नहरमा डुबेर सोमबार चितवनमा एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार भरतपुर महानगरपालिका-१४ राधापुरमा नहरमा पौडी खेल्दै गरेका सोही ठाउँ बस्ने २८ वर्षका उमेश दराईको डुबेर मृत्यु भएको हो ।

दिउँसो पौने दुई बजे मान्छे डुबेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली उद्धारका लागि गएको थियो । तर दराईको मृत्यु भइसकेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले जानकारी दिए ।

प्रकाशित : श्रावण ६, २०७६ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?