कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिबन्धित नेटवर्किङ व्यवसाय गरेको आरोपमा तीनजना पक्राउ

रमेशकुमार पौडेल

चितवन — प्रतिबन्धित नेटवर्क मार्केटिङमा संलग्न भएको आरोपमा चितवन प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी एकनारायण कोइरालाका अनुसार पक्राउ पर्नेमा काठमाडौंमा दर्ता भएको एलटी एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रालिका अध्यक्ष सुनसरी धरान–७ का ३७ वर्षीय सुमन भन्ने जहरमान घिसिङ रहेका छन् । 

प्रतिबन्धित नेटवर्किङ व्यवसाय गरेको आरोपमा तीनजना पक्राउ

त्यसै गरी पक्राउ पर्ने अन्य दुईजना उक्त कम्पनीका सदस्यहरु भएको डिएसपी कोइरालाले बताए । प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार अध्यक्षसँगै पक्राउ पर्नेहरुमा गोरखा पालुङटार–१० का ३९ वर्षीय डिबी भनिने दलबहादुर गुरुङ र रुपन्देही बुटबल–९ की ४३ वर्षीया पार्वती केसी रहेका छन् ।


उनीहरु आइतबार पक्राउ परेको डिएपी कोइरालाको भनाइ छ । उनीहरुले चितवनमा पनि कारोबार गर्दै आएको प्रहरीले बतायो । ‘उनीहरुको विरुद्धमा पीडितहरुले उजुरी पनि दर्ता गराएका छन् । पक्राउ परेपछि सोधपुछ गर्दा नेपालमा प्रतिवन्धित नेटवर्क मार्केटिङ अन्तर्गत पिरामिड शैलीको व्यपार प्रणाली अपनाएको पाइयो । उनीहरु विरुद्ध प्रहरीले ठगी मुद्दा दायर गर्ने भएको छ’ डिएपी कोइरालाले बताए । तीनैजनालाई ठगी अभियोगमा मुद्दा चलाउन अनुसन्धान भएको र अदालतबाट म्याद थप गरेर प्रकृया अगाडि बढाएको उनले बताए ।

प्रकाशित : श्रावण ७, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?