कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

मुख्य न्यायाधीवक्ता थपलियाले शपथ लिए

प्रताप विष्ट

हेटौडा — प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा नियुक्त भएका वरिष्ठ अधिवक्ता ओमप्रसाद थपलियाले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

मुख्य न्यायाधीवक्ता थपलियाले शपथ लिए

मुख्य न्यायाधिवक्ता थपलियाले प्रदेश प्रमुख अनुराधा कोइराला र मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा हेटौंडा उपमहानगरपालिका–१० स्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गरेका हुन् ।


उनलाई उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडालले एक समारोहबीच शपथ ग्रहण गराएका थिए । मुख्यमन्त्री पौडेलले साउन ८ गते खाली रहेको मुख्य न्यायाधिवक्तामा काठमाडौं कलंकीका थपलियालाई सिफारिस गरेका थिए ।


यसअघिका मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले राजीनामा दिएसँगै उक्त पद रिक्त रहेको थियो । मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेश मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित : श्रावण १२, २०७६ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?