करेन्टले १ को मृत्यु, १ जना घाइते

अनिश तिवारी

सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिकाको घुम्थाङ घलंसाको खम्बाबाट छुटिएको तार जोड्न खोज्दा हाइभोल्टेज करेन्टले १ जनाको घटनास्थलमै ज्यान गएको छ । खम्बा चडेर लाइन जोड्न खोज्दा बलेफी गाउँपालिका ३ धुस्कोटका नरबहादुर तामाङ (माइला) को मृत्यु भएको हो । सख्त घाइते धुस्कोटकै ४५ वर्षका निरबहादुर तामाङलाई हेलिकप्टरद्वारा उद्धार गरी टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

नमुना पर्यटकीयस्थलअर्न्तगत बाह्रबिसे नगरपालिका घुम्थाङमा विश्वकै ३१ फिट अग्लो ओमपार्क निर्माण हुँदैछ । १३ करोडको लागतमा बन्न लागेको ओमपार्क वरिपरिको देवीदेवताको संरचना, धनलक्ष्मी गुफामाथि मन्दिर बनाउनेजस्ता ओमपार्क नेपालको कर्मचारीको रुपमा १९ वर्षका माइला कार्यरत थिए ।


विद्युत प्राधिकरणले लाइन अफ गरेको भन्दै गरेको हेलचेक्र्याइँले घटना भएको भन्दै स्थानीय आक्रोशित छन् । नेपाल विद्युत प्राधिकरण सिन्धुपाल्चोक वितरण केन्द्रका प्रमुख नानीबाबु थापाले भने प्राधिकरणको कर्मचारीबाट यस्तो नभएको दाबी गर्दै सहजीकरण, क्षतिपूर्तिको प्रक्रियामा लाग्ने बताए ।



प्रकाशित : श्रावण १९, २०७६ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?