गाँजासहित चार पक्राउ

प्रताप विष्ट

(हेंटौडा) — लागुऔषध गाँजासहित प्रहरीले सोमबार चारजनालाई पक्राउ गरेको  छ । मनहरी बजारबाट हेंटौडातर्फ आइरहेको  ना १ ह ९७४६ नम्बरको अटो रोकेर प्रहरीले खानतलासी गर्दा १४ केजी ९ सय ग्राम गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । 

गाँजासहित चार पक्राउ

पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका—८ का १९ वर्षीय अटो चालक १९ वर्षीय जीवन मोक्तान, वीरगन्ज महानगरपािलका–१० का २४ वर्षीय राजेश पटेल र मुन्ना अन्सारीलाई पक्राउ गरेको प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए । अटोको सिट मुनि उनीहरुले गाँजा लुकाएर ल्याएका थिए ।


प्रहरीले हेंटौडा–११ थाना भर्‍याङमा अटो रोकेर चेकजाँच गर्दा गाँजा फेला परेको हो । यसैगरी गत वैशाखमा ४८ केजी ८ सय ग्राम गाँजा र भारतीय कारसहित पक्राउ परेको घटनामा संलग्न रहेका तर फरार भएका ३४ वर्षीय भारतीय नागरिक प्रवल अग्निवेशलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ ।


अग्निवेशलाई कानुनी कारवाही गर्न सोमबार जिल्ला प्रहरी कार्यालय हेंटौडामा ल्याएको थियो ।


प्रकाशित : श्रावण २०, २०७६ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?