कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोलाले बगाउँदा विदेशी नागरिक बेपत्ता 

बलराम घिमिरे

रसुवा — घट्खोलाले बगाउँदा बिहीबार बिहान एक विदेशी महिला बेपत्ता भएकी छन् । फ्रान्सकी ७१ वर्षीया हाटिङ्गर अलफ्राइड बगेर बेपत्ता भएकी हुन् ।

सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालका अनुसार गोसाईकुण्ड गाउँपालिका-२, घट्खोलामा बिहिबार बिहान साढे १० बजे खुट्टा धुने क्रममा चिप्लिँदा उनलाई खोलाले बगाएको थियो । उनी मानसरोवर जानको लागि आएकी थिइन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उनको खोजी गरिरहेको छ ।

प्रकाशित : श्रावण २३, २०७६ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?