कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

इनारमा खसेर महिलाकाे मृत्यु

रमेशकुमार पौडेल

चितवन — भरतपुर माइत आएकी एकजना महिलाकाे इनारमा खसेर ज्यान गएकाे छ । चितवन जिल्ला प्रहरी कार्यालयले दिएकाे जानकारी अनुसार भरतपुर महानगरपालिका-९ आदर्शचाेक माइत आएकी ४० वर्षीया इन्द्रकला भुषाल शुक्रबार बिहान सवा ६ बजे इनारमा खसेकी थिइन् ।

उपचारका क्रममा उनकाे पाैने नाै बजे निधन भएकाे प्रहरीले जानकारी दिएकाे छ ।


भुषालकाे घर नवलपुरकाे गैंडाकाेट हाे । इनार ढाकेकाे ढकनीमा चढेर उनले कपडा सुकाउने डाेरी मिलाउँदै थिइन् । त्यही बेला ढकनी भाँच्चिएर उनी इनारमा खसेकाे छिमेकीहरूले बताएका छन् ।


घटना बारे जानकारी भएपछि प्रहरी उद्धारका लागि गएकाे थियाे । प्रहरी निरीक्षक विरेन्द्र गुरूङ इनारभित्र गएर भुषाललाई बाहिर ल्याएका थिए । अस्पताल पठाए पनि बचाउन नसकेकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी एकनारायण काेइरालाले बताए ।

प्रकाशित : श्रावण २४, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?