एनसेल टावरमा आगजनीको अभियोगमा १ पक्राउ
धादिङ — एनसेल टावरमा आगजनी गरेको अभियोगमा धादिङबाट १ जना पक्राउ परेका छन् । सिद्धलेक गाउँपालिकाअन्तर्गत कुम्पुरमा रहेको एनसेल टावरमा आगजनी गरेको अभियोगमा ३० वर्षीय प्रल्हाद सिंखडालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
साविकको सुनौलाबजार ६ (हाल निलकण्ठ नगरपालिका ७) बस्ने सिंखडालाई तारुखर्कबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी निरिक्षक भोला अधिकारीले सिंखडा पक्राउ परेको पुष्टि गरेका छन् । गत जेठ १६ गते नेत्रविक्रम चन्द नेतृत्व समूहको कार्यकर्ताहरुले देशैभरिका एनसेलको टावरमा आक्रमण गरेका थिए ।
प्रहरी निरीक्षक अधिकारीले सिंखडा चन्द समूहका हुन् या होइनन् भन्ने अनुसन्धानमै रहेकोले सार्वजनिक नगरिएको बताए ।
प्रकाशित : श्रावण २४, २०७६ १७:२१प्रतिक्रिया