कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

घिमिरेलाई अन्तर्राष्ट्रिय अवार्ड

कान्तिपुर संवाददाता

रामेछाप — सहकारीको क्षेत्रमा उत्कृष्ट योगदान गरेबापत रामेछापको मन्थली बचत तथा ऋण सहकारी संस्थाका सचिव गोविन्दप्रसाद घिमिरेले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । घिमिरेलाई भारतको हिमाचल प्रदेशको भुट्टीको विवर्स सोसाईटीले उक्त अवार्ड प्रदान गरेको हो ।

घिमिरेलाई अन्तर्राष्ट्रिय अवार्ड

हिमाचलको कुल्लु जिल्लामा बुधबार आयोजित एक कार्यक्रममा घिमिरेलाई कुल्लु जिल्लाकी डेपुटी कमिसनर डा. ऋचा शर्माले नगद पुरस्कारसहित उक्त अवार्ड प्रदान गरेकी थिइन् ।

करिब ३० वर्ष रामेछापको ग्रामीण क्षेत्रमा सहकारी व्यवसायमार्फत सदस्यहरुको आर्थिक सबलीकरणमा घिमिरेले उल्लेख्य योगदान गरेकोले पुरस्कार प्रदान गरिएको शर्माले बताइन् । कार्यक्रममा भारतका विभिन्न प्रान्तमा रहेर पत्रकारिता, कला, साहित्य, स्वास्थ्य, उद्योग/व्यवसाय, सीप अभिवृद्धिको काम गर्ने १० जनालाई राष्ट्रिय अवार्डद्वारा सम्मान गरिएको थियो ।


प्रकाशित : श्रावण २४, २०७६ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?