कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

धादिङमा जिप दुर्घटना, चालकसहित १४ घाइते  

हरिहरसिंह राठौर

धादिङ — ज्वालामुखी गाउँपालिका ३ स्थित अमराई, हटियामा जिप दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् । सख्त घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

सदरमुकाम धादिङबेंसीबाट १८ जना यात्रु बोकेर ज्वालामुखी जाँदै गरेको बा १३ च १२३० नं. को जिप मंगलबार अपरान्ह  हटिया उकालोमा दुर्घटनामा भएको हो ।

धादिङमा जिप दुर्घटना, चालकसहित १४ घाइते  

‘अत्यधिक भार भएको जिप उकालो चढ्न नसकेर पछाडि फर्कंदै गर्दा ब्रेक नलागी दुई कान्ला तल खसेको हो । खानेपानी धाराको पिलरमा जिप परे पछि थप गुल्टिन पाएन', जिल्ला अस्पताल धादिङमा उपचार गराइरहेका सामान्य घाइते वीरबहादुर नौरतीले भने । लोकबहादुर सामरी, लक्ष्मी श्रेष्ठ सख्त घाइते छन् ।

त्यस्तै चालक ३५ वर्षीय गोपाल नेपालीसहित प्रतिमा बिक, मिलन परियार, सन्ध्या परियार, कोपिला श्रेष्ठ, रिजन श्रेष्ठ, विष्णु श्रेष्ठ, विष्णु नेपाली, पौसप्रसाद त्रिपाठी, मन्जु श्रेष्ठ, लालकुमारी विक लगायत घाइते छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । चालक गोपाल नेपाली र सवारी धनीलाई प्रहरीले नियन्त्रणमा लिएको अस्पताल पुगेका प्रजिअ भगीरथ पाण्डेयले बताए ।

प्रकाशित : श्रावण २८, २०७६ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?