प्रदेश ३खाल्डोमा डुबेर बालिकाको मृत्युश्रावण २९, २०७६नगेन्द्र अधिकारीकाभ्रे — खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर बनेपा १ मा ११ वर्षीया रुक्सना गोलेको मृत्यु भएको छ । स्थानीय सृष्टीकान्त विद्यालयमा कक्षा ४ मा अध्ययनरत गोलेको मृत्यु भएको इलाका प्रहरी कार्यलय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।६ र ८ वर्षका अन्य दुई साथीसँगै गोले पौडी खेल्न गएकी थिइन् । प्रहरीका अनुसार खाल्डो तिजिक नामक औषधि उत्पादक कम्पनीले खनेको थियो । प्रकाशित : श्रावण २९, २०७६ १७:३९प्रतिक्रियापठाउनुहोस्