कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

६० केजी गाँजासहित २ पक्राउ

प्रताप विष्ट

हेटौडा — लागूऔषधसहित प्रहरीले २ युवकलाई बुधबार हेटौडामा पक्राउ गरेको छ । साढे ५९ केजी गाँजासहित मकवानपुरको कैलाश गाउँपालिका ६ का २० वर्षीय भीमसेन मोक्तान र २६ वर्षीय रोशनलाई हेटौडा उपमहानगरपालिका—१० वसपार्कमा पक्राउ गरेको हो । 

६० केजी गाँजासहित २ पक्राउ

पालुङबाट वीरगन्जतर्फ गइरहेको बा ५ ख १८२५ नम्बरको मिनीट्रकलाई बसपार्कमा रोकेर प्रहरीले जाँच गर्ने क्रममा ५९ केजी ५ सय ८० ग्राम गाँजा फेला पारेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

चालक बस्ने सिटमूनि फल्सबटम बनाएर गाँजा लुकाएर राखिएको थियो । ८ वटा प्लाष्ट्रिकमा गाँजा प्याक गरिएको थियो ।

गाँजासँगै मिनीट्रक चालक मोक्तान र यात्रु लामालाई पक्राउ गरेको उपरीक्षक सिंहले बताए। दुवै लागूऔषध कारोबारी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित : श्रावण ३०, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?