कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

रवी लामिछानेका समर्थकको उग्र प्रदर्शन, प्रहरीद्वारा १० सेल अश्रुग्याँस प्रहार

रमेशकुमार पौडेल

चितवन — आत्महत्या दुरुस्साहन आरोपमा पक्राउ परेका कार्यक्रम सञ्चालक रवी लामिछानेका समर्थकहरुमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । प्रदर्शन ‘उग्र’ बनेका कारण १० सेल अश्रुग्याँस प्रहार गरेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लले बताए । 

रवी लामिछानेका समर्थकको उग्र प्रदर्शन, प्रहरीद्वारा १० सेल अश्रुग्याँस प्रहार

रवीका समर्थकहरु बिहान १० बजेदेखि दिनभर नाराबाजी गर्दै बसेका थिए । जिल्ला प्रहरी कार्यालय अगाडि नै नाराबाजी गरेपछि प्रहरीले पछिल्लो ढोकाबाट लामिछानेलाई अदालत लैजानु परेको थियो । जिल्ला प्रहरी कार्यालयबाट तीन सय मिटर पूर्वमा चितवन जिल्ला अदालत छ । अदालतको पछाडि सरकारी वकिलको कार्यालय छ ।


शुक्रबार मध्यान्ह सरकारी वकिलको कार्यालय ढोकाबाट रवि लगायतलाई अदालत लगिएको थियो । सर्वसाधरणहरु प्रहरीको मुख्य गेट र अदालत गेट अगाडि भीड लागेका थिए । पछि उनीहरु सरकारी वकिलको कार्यालय अगाडि पनि थुप्रिए । अदालतमा पेस गरेपछि रवि लगायत तीनैजना आरोपीहरुलाई ५ दिन हिरासतमा राख्न म्याद दिइयो । तर उनीहरु दिनभर जसो अदालतमै बसे । चाढे ४ बजेतिर उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा फर्काइएको थियो । त्यसपछि केही शान्त देखिएको थियो ।


तर, साँझ छिप्पिदै जाँदा साढे ६ बजेतिर प्रहरी कार्यालय अगाडि उग्र भएको थियो । प्रहरी कार्यालयभित्रै ढुंगा हान्न थालेपछि अश्रु ग्याँस प्रहार गरेको एसपी मल्लको भनाइ छ ।





प्रकाशित : श्रावण ३१, २०७६ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?