१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

माछा मार्ने क्रममा खोलामा युवक बेपत्ता

कान्तिपुर संवाददाता

दोलखा — माछा मार्ने क्रममा खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् । उनलाई कालिञ्चोक खोलाले शुक्रबार अपरान्ह बगाएको हो ।

कालिञ्चोक गाउँपालिका—२ स्थित ३१ वर्षीय राजु थामी माछा मार्दै गर्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।


खोलामा डुबेको देखेपछि स्थानीय राजेन्द्र थामीले उद्धार गर्न खोजेको तर असफल भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : श्रावण ३२, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?