२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पेस्तोलसहित युवक पक्राउ 

हरिहरसिंह राठौर

धादिङ — नौबिसे धार्केदेखि काठमाडौं कालीमाटीसम्म चल्ने बा २ ख १९८० नम्बरको बस जाँच गर्ने क्रममा पेस्तोलसहित एक युवकलाई पक्राउ गरिएको छ ।

ललितपुर बस्ने मुनाल लामा भनिने सुलभ लामालाई २ लोडेड पेस्तोल र २० गोलीसहित पक्राउ गरिएको नागढुंगा प्रहरी प्रभागका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताएका छन् । लामाको साथबाट ५ थान मोबाइल फोन पनि बरामद गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताए ।


प्रकाशित : श्रावण ३२, २०७६ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?