घरेलु हिंसा रोक्न जुटे महिला

कान्तिपुर संवाददाता

पर्वत — घरेलु हिंसाको कारण पत्ता लगाउँदै कुश्मा ४ छमर्केका महिलाहरू रोकथाममा जुटेका छन् । जुवातास र मदिराको बिक्रीवितरण तथा सेवन घरेलु हिंसाको मुख्य कारण भएको ठहर गर्दै महिलाहरू त्यसको नियन्त्रणमा जुटेका हुन् । 

छमर्के आमा समूहको सक्रियता तथा सामुदायिक प्रहरी सेवाको सक्रियतामा घर घरमा उत्पादित घरेलु मदिरामा रोक लगाउन सुरु गरिएको हो । घरेलु मदिरा उत्पादनमा रोक लगाइसकेपछि बजारमा बिक्री हुने अन्य बहुराष्ट्रिय कम्पनीका मदिरा बिक्रीवितरणमा समेत रोक लगाइने स्थानीय सामाजिक अगुवा मानकुमारी गिरीले बताइन् । ‘जाँडरक्सीले धेरै परिवारको बिचल्ली भयो भनेपछि हामी यो अभियान थाल्न बाध्य भएका हौं,’ उनले भनिन्, ‘घरेलु मदिरा नियन्त्रणपछि बजारमा पाइने मदिराको कडाइ गर्छौं । त्यससँग जोडिएको जुवातास पनि प्रतिबन्ध गराउन सबै सहमत छन् ।’

मादकपदार्थ सेवन र जुवातासको लतमा परेका पुरुषले महिलामाथि शारीरिक र मानसिक यातना दिएका घटना छलफलमा आउन थालेपछि स्थानीय महिलाहरूको सक्रियतामा यो अभियान सुरु गरिएको हो ।

प्रकाशित : फाल्गुन १, २०७४ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?