पराशर महायज्ञमा प्रधानमन्त्री

कान्तिपुर संवाददाता

दमौली — प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार तनहुँको व्यास ५ मादीसेतीमा धान्याञ्चल महायज्ञको उद्घाटन गरेका छन् । 

पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने उदेश्यले कोष जुटाउन पराशर आश्रम संरक्षण समितिद्वारा साताव्यापी ज्ञान महायज्ञ आयोजना गरिएको हो । प्रधानमन्त्री देउवाले चार वेद अठार पुराणका रचियता महर्षि वेदव्यासको जन्मभूमिलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनका लागि सरकार लागिपरेको बताए । ‘पवित्र भूमिमा पाइला टेक्न पाउँदा गौरवान्वित भएको छु,’ उनले भने । ऋषिको तपोभूमिलाई पर्यटकीय क्षेत्र बनाउन सरकारले काम गर्ने भनाइ उनको थियो ।

महायज्ञबाट २ करोड रुपैयाँ बराबर दान संकलन गर्ने लक्ष्य रहेको पराशर आश्रम संरक्षण समिति अध्यक्ष ताराप्रसाद श्रेष्ठले बताए । ‘संकलित रकमबाट आश्रमको स्तरोन्नति गर्छांै, यो क्षेत्रको विकासमा लगानी हुन्छ,’ उनले भने, ‘शिवालय निर्माण र सत्यवती शिलाको संरक्षण गर्दै पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन खर्च गरिनेछ ।’ महायज्ञमा प्रमुख कथावाचन कमलनयन गौतम छन् ।

प्रकाशित : फाल्गुन २, २०७४ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?