पुनर्निर्माणका लागि डकर्मी

कान्तिपुर संवाददाता

काठमाडौँ — भूकम्पले पूर्ण क्षति भएका घर निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गाउँपालिकाले दक्ष डकर्मी परिचालन गरेका छन् ।

निसीखोला गाउँपालिकाका घर निर्माणका लागि मोडल तथा भूकम्पप्रतिरोधी बनाएर देखाउन २८ डकर्मी परिचालन भएका हुन् । घरेलु तथा साना उद्योग विकास समितिले उनीहरूलाई तालिम दिएको हो । ‘स्थानीय साधन स्रोतबाट पनि प्रतिरोधी घर बनाउन सकिन्छ भन्ने सन्देश दिन उनीहरूलाई खटाएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । उनीहरूले बनाउने घरको मोडलका आधारमा लाभग्राहीले घर बनाउनेछन् । पहिलो किस्तासमेत नलगेका, पहिलो लगेर सामान्य काम गरेपछि दोस्रो किस्ता लैजान अन्योलमा

बसेकाहरूलाई परिचालित डकर्मीको कामले सहजीकरण हुने उनले बताए ।

प्रकाशित : फाल्गुन ७, २०७४ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?