कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भूपू भारतीय सैनिकका परिवारलाई नि:शुल्क उपचार

कान्तिपुर संवाददाता

काठमाडौँ — बागलुङ– भारतीय सेनाले सबै भूतपूर्व सैनिक र उनीहरूका परिवारको नि:शुल्क स्वास्थ्य उपचार गर्ने भएको छ ।

भूपू भारतीय सैनिकका परिवारलाई नि:शुल्क उपचार

नेपाल भ्रमणमा रहेका लेप्टिेनेन्ट जनरल आरपी सिंहले आइतबार सैनिक बोर्डमा आयोजित कार्यक्रममा नेपालका सबै सरकारी अस्पताल र तोकिएका निजी स्वास्थ्य संस्थामा पूर्वसैनिकहरूले सेवा पाउने बताएका हुन् । अन्य अस्पतालमा आकस्मिक उपचार गर्नु परे पनि तत्काल दूतावास वा स्वास्थ्य कार्यक्रमको कार्यालयमा जानकारी गराए त्यसको खर्च पनि सेनाले व्यहोर्ने व्यवस्था गरिएको छ । सिंह भारतीय सैनिक कल्याणकारी कोषका उच्च पदस्थ अधिकारी हुन् ।


सेनाले बनाएको नि:शुल्क स्वास्थ्य कार्यक्रम अन्तर्गत सबैलाई नेपाल र भारतमा उपचार गर्न पाउने परिचयपत्र बनाइनेछ । बहालवाला सबैलाई परिचयपत्र बनाइसकिएको छ भने निवृत्त भएकाले पनि बनाउने क्रम चलिरहेको भारतीय दूतावासका रक्षा सहचरी कर्णेल अवनीश

चम्बयाल एस एसले बताए । ‘भारतीय सेनाले कल्याणकारी कामअन्तर्गत यो अभियान ल्याएको हो’ उनले भने, ‘सैनिक बोर्ड भएका स्थानमा एम्बुलेन्स सेवा पनि सहयोग गरेका छौं ।’ साथै विद्यालयहरूमा बस र छात्रवृत्ति, भारतीय सेनाका परिवारलाई नियमित पेन्सन

तथा उपचारमा सहयोग गर्दै आएकोमा अब सबै स्वास्थ्य सुविधा नि:शुल्क बनाइएको उनले बताए । उनले नेपालमा राम्रो उपचार हुने अस्पताल खुलिसकेकाले भारतीयसमेत नेपालमा आएर उपचार गरिरहेको बताए ।


सैनिक बोर्डमार्फत भारतीय सेनाले बागलुङमा व्यावसायिक तालिम पनि सञ्चालन गरेको छ । एकल महिला र सैनिकका परिवारलाई सिलाइकटाइ तालिम तथा अन्य इच्छाएको तालिममा प्रशिक्षक र तालिम खर्च दिएको बोर्डका जिल्ला इन्चार्ज पूर्णबहादुर थापाले

बताए ।

प्रकाशित : फाल्गुन ७, २०७४ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?